कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा अस्पताल भर्ना
टुडेपाटी-
काठमाडौं, भदौ २६ गते ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा अस्पताल भर्ना भएका छन् ।
मिर्गौलामा पत्थरी भएपछि उनी शनिबार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल भर्ना भएका हुन् । उनको आज ११ बजे शल्यक्रिया (अपरेशन) गरिने उनका एक पारिवारिक सदस्यले जानकारी दिए ।
चिकित्सकले शल्यक्रिया गर्नुपर्ने सुझाव दिएपछि उनी अस्पताल भर्ना भएका हुन् ।
Sponsored