TodayPati

वंशजका आधारमा नागरिकता पाउनुपर्छ : अध्यक्ष ओली

रासस–
मोरङ, भदौ २५ गते ।

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जन्मसिद्ध नागरिकका सन्तानले वंंशजका आधारमा नागरिकता पाउनुपर्ने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीसँग उनले सरकारले अहिले ल्याइएको नागरिकता विधेयकमा जन्मसिद्धका छोराछोरीलाई वंशजको नागरिकता पाउनेछन् भन्ने संशोधन थप गरी विधेयक ल्याउनुपर्ने धारणा राखे ।

Sponsored

अध्यक्ष ओलीले भने, “यो संशोधन विधेयक तीन दिनमा पास हुनेछ ।” उनले नागरिकता विधेयक सम्बन्धमा सरकारले तनावको विषय बनाएर समस्या समाधान गर्न नखोजेको आरोप लगाए । उनले नागरिकता विषयका सम्बन्धमा गठबन्धन दललाई भोटको राजनीति नगर्न अनुरोध गरे ।

पूर्वप्रधानमन्त्री ओलीले संसद् बहस र विधिका आधारमा चल्नु पर्दछ भन्दै व्यक्तिले संसद् चलाउन खोज्नु मुलुकलाई अस्थिरतातर्फ धकेल्नु भएको धारणा राखे । पूर्वप्रधानमन्त्री ओलीले निर्वाचन मिति घोषणा भइसकेका अवस्थामा सरकारले कर्मचारी सरुवा र नियुक्ति गर्नु गलत कार्य भएको बताए ।

उनले निर्वाचन आयोगले निष्पक्ष तथा स्वतन्त्र निर्वाचनका लागि प्रशासन सञ्चालनको जिम्मा आफ्नो हातमा लिनुपर्ने र न्यायाधीशमार्फत निर्वाचन परिचालन गर्नुपर्ने सुझाव दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *