सप्तरीमा सशस्त्र प्रहरी द्वारा लाखौंको अबैध चाँदीसहित एकजना पक्राउ
शुभ नारायण यादव–
सप्तरी, भदौ २४ गते ।
सप्तरीमा सशस्त्र प्रहरीले अबैध चाँदीसहित एकजनालाई पक्राउ गरेको छ ।
सप्तरीको बोदे बरसाइन नगरपालिका वडा नं. ५ स्थित बोर्डरबाट लाखौंको अबैध चाँदीसहित एक जना तस्कर पक्राउ परेका छन् ।
बिओपी स्वर्णपटिबाट खटिएको टोलिले शंकाको आधारमा चेकजाँच गर्ने क्रममा मोरङ्गको मिक्लाजुङग गाउपालिका वडा नं. ८ का ४० बर्षिय चन्द्र बहादुर विश्वकर्मालाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल ६ नंं गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रदीप खड्काले जानकारी दिए ।
खड्काका अनुसार विश्वकर्मा चढेको मे ११ प ४४४४ नम्बरको पल्सर मोटरसाइकलबाट भारतबाट भन्सार छलि गरेर नेपालतर्फ ल्याउदे गरेको २ लाख ८ हजार ४ सय ४८ रुपेया बराबरको अबेध चाँदीसहित नियन्त्रणमा लिएका छन् ।
विश्वकर्माको साथबाट बच्चाले लगाउने चाँदीको बाला, औँठी ब्रास्लेट लगायतका चाँदीको सामाग्री बरामद गरेको उनले जानकारी दिए ।
Sponsored
बरामद गरिएको चाँदीसहित विश्वकर्मालाइ आवश्यक कारवाहीका लागि राजविराज भन्सार कार्यालय तिलाठी बेल्हि बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।