TodayPati

मधेश प्रदेश : दिनदहाडै यात्रुवाहक बस चोरी

टुडेपाटी–
पर्सा, भदौ २० गते ।

पर्सामा दिनदहाडै यात्रुवाहक बस चोरी भएको घटना बाहिरिएको छ । पर्साको वीरगञ्ज महानगरपालिकाको वीरगञ्ज बसपार्क नजिकबाट यात्रुवाहक बस चोरी भएको हो ।

बसपार्क नजिक भिषुवा चोकमा पार्किङ गरेर राखेको ना ८ क ७६४८ नम्बरको बस आइतबार दिउँसो चोरी भएको हो ।

Sponsored

आइतबार दिनभर बसको खोजी गर्दा नभेटिएपछि सोमबार बिहान बसपार्क प्रहरी चौकीमा बस खोजी गरिदिन निवेदन परेको प्रहरीले जनाएको छ ।

प्रहरीले निवेदन परेपछि बसको खोजीको काम सुरु गरेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *