TodayPati

मधेश प्रदेश : पौने तीन लाख रकमसहित तीन जिल्लाका १२ जुवाडे पक्राउ

टुडेपाटी–
जनकपुरधाम, भदौ २० गते ।

सर्लाहीमा दुई बजे रातिमा जुवा खेल्ने १२ जना जुवाडे पक्राउ परेका छन् ।

प्रहरीले आइतवार राति २ बजे छापा हान्दा जुवा खेलीरहेको अवस्थामा १२ जनालाई पौने तीन लाख रकमसहित पक्राउ गरिएको सर्लाही प्रहरीले जनाएका छन् ।

Sponsored

हरिवन नगरपालिका २ स्थित छाप्रोमा कौडा खेलीरहेको सूचनापछि प्रहरीले छापा हान्दा १२ जना पक्राउ परेको प्रहरी प्रवक्ता विजय यादवले जानकारी दिए ।

प्रहरीले जुवा खालबाट महोत्तरीको बर्दिबास नगरपालिका ८ का २९ वर्षीय हिराबहादुर श्रेष्ठ, औरही नगरपालिका २ का ३८ वर्षीय हरिनारायण महतो, सर्लाहीको हरिवन २ का ४९ वर्षीय टीकाप्रसाद घिमिरे, लालबन्दी नगरपालिका १ का ३४ वर्षीय चान्द खाँ, हरिवन २ का ३० वर्षीय भिम लामा, कोडैना गाउँपालिका २ का ५४ वर्षीय चुनीलाल चौधरी पक्राउ परेका छन्।

यस्तै हरिवन नगरपालिका १ का ३५ वर्षीय तेजबहादुर गोले, ५३ वर्षीय शंकर श्रेष्ठ, वडा २ का ४० वर्षीय हरि पौडेल, ३४ वर्षीय मानबहादुर थिङ, पर्सा प्रसौनीभाठा नगरपालिका २ का ५४ वर्षीय पानालालप्रसाद साह र धनुषाको मिथिला बिहारी नगरपालिका ७ का ५९ वर्षीय ईश्वरी साह रहेका छन्।

Sponsored

यस्तै प्रहरीले जुवाको खालबाट २ लाख ७१ हजार ६०० नेपाली रुपैयाँ, २५० भारतीय रुपैयाँ, कौडा ४ पिस, तास ४ पिस, पाउडर २ बट्टा, ओछ्याउने कारपेट २ थान, काठको तक्था ४ थान, हुक्का १ थान, सानो ईन्भटर १ थान र ८ वटा मोबाइल बरामद गरेको हो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *