TodayPati

सर्लाही क्षेत्र नं. ४ बाट गगन थापाको नाम सिफारिस

टुडेपाटी–
जनकपुरधाम, भदौ २० गते ।

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि नेपाली कांग्रेसका नेता गगन थापाको एकल नाम सिफारिस भएको छ ।

नेपाली कांग्रेसको क्षेत्रीय बैठकबाट उनको एकल नाम सिफारिस भएको प्रदेश कमिटीका उपसभापति वीरेन्द्रप्रसाद सिंहले जानकारी दिए।

Sponsored

प्रतिनिधिसभाका लागि उम्मेदवारको रूपमा सिफारिस भएका थापा २०७४ को निर्वाचनमा काठमाडौँ ४ बाट निर्वाचित भएका थिए ।

सर्लाही ४ बाट भने कांग्रेसकै अमरेश सिंह निर्वाचित भएका थिए । यद्यपि उनको नाम सिफारिस भएको छैन।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *