TodayPati

मधेश प्रदेश : भन्सार छलीको सामानसहित तीनजना पक्राउ

टुडेपाटी–
सप्तरी, भदौ १४ गते ।

भारतबाट भन्सार छली गरेर ल्याएको पौने चार लाखको सामानसहित तीनजना सप्तरीबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको शिवहर जिल्ला थाना श्यामपुर भटहा २ बस्ने ४२ वर्षीय दिनानाथ शाह, २४ वर्षीय रन्जय साह र २१ वर्षीय सुजित कुमार साह रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Sponsored

शम्भूनाथ नगरपालिका १२ र राजबिराज नगरपालिका ५ स्थित भारतबाट भंसार छली अबैध रुपमा किराना सामान, बिजुलीका सामान, लत्ताकपडाहरु आइरहेका तीनैजनालाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

प्रहरीले बरामद गरेको ३ लाख ७६ हजार ३० रुपैयाँ बराबरको सामान आवश्यक कारवाहीको लागी राजबिराज भंसार कार्यालय तिलाठी पठाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *