TodayPati

प्राविधिक काम नसकेपछि आज कक्षा १२ को नतिजा सार्वजनिक नहुने

टुडेपाटी-
काठमाडौं, भदौ १४ गते ।

प्राविधिक काम नसकेपछि कक्षा १२ को बोर्ड परीक्षाको नतिजा आज (मंगलबार) सार्वजनिक नहुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले मंगलबार बेलुकासम्म नतिजा सार्वजनिक गर्नेगरी तयारी गरेको थियो ।

Sponsored

तर, प्राविधिक काम नै नसकिएकाले नतिजा प्रकाशन गर्न नसकिने बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।

उनले दिनभर लगाएर पनि टेक्निकल प्रोसेस नसकिएको र अझै केही समय लाग्ने बताए । त्यसपछि पनि प्रोसेसिङ हुन मात्रै ३/४ घण्टा लाग्छ ।

आज समय अभावले नतिजा प्रकाशन गर्न नसकिने उनले भने ।

Sponsored

अध्यक्ष शर्माले सम्भवतः भोलि बुधबार नतिजा प्रकाशन गर्न सकिने बताए ।

बोर्डले आज नतिजा प्रकाशन गर्ने तयारी गरेको थियो । त्यसका लागि साढे ३ बजे बोर्ड बैठक समेत बोलाएको थियो । तर, प्राविधिक प्रक्रिया नै नसकिएकाले आजलाई रोकिएको हो ।

बोर्डले https://neb.ntc.net.np/ ​ मा गएर नतिजा हेर्न सकिने भनेर सूचना प्रकाशन गरेको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *