TodayPati

मानव तस्करी गर्ने जनकपुरका लोसपा नेतासहित २ जना भारतीय प्रहरीको नियन्त्रणमा

टुडेपाटी-
जनकपुरधाम, भदौ ५ गते ।

मानव तस्करीको आरोपमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेतासहित दुई जनालाई नेपाल–भारत सीमा नाकाबाट भारतीय प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ बस्ने लोसपा नेपालका नेता अमर पंजियार र परिचय खुल्न नसकेका अर्का एकजना रहेको भारतीय सीमा सुरक्षा बलले जनाएको छ ।

Sponsored

उनीहरुलाई भारत–नेपाल सीमामा तैनाथ रहेको ४८ औं बटालियन जयनगर एसएसबी बोर्डर अन्तर्गत पिपरौन क्याम्पका जवानहरूले सीमा क्षेत्रबाट पक्राउ गरेको जनाइएको छ ।

बा २१ च ७१२८ नम्बरको गाडीमा ८ वर्षीया एक बालिकालाई भारतबाट नेपालतर्फ ल्याइरहेको अवस्थामा शुक्रबार राति उनीहरुलाई भारतीय एसएसबीका जवानले नियन्त्रणमा लिएको जनाइएको छ । शंकाको आधारमा चेकजाँच गर्दा उनीहरु पक्राउ परेका हुन् । नाबालिकालाई भने हरलाखी थानास्थित भारतीय प्रहरीको जिम्मा लगाइएको छ ।

उनीहरुले ती बालिकालाई काम लगाउन भारतको बिहारस्थित मधुबनी जिल्लाको बाँसोपट्टी गाउँबाट आफ्नो घर लगिरहेको चाइल्ड लाइन सब सेन्टर जयनगरकी सबिता देवीले जानकारी दिइन् । घटनाबारे थप अनुसन्धान सुरु गरिसकिएको प्रहरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *