महोत्तरीका नामुद मिटरब्याजी अनिरुद्ध साह पक्राउ
टुडेपाटी-
जनकपुरधाम, भदौ ५ गते ।
महोत्तरीका नामुद मिटरब्याजी अनिरुद्ध साह पक्राउ परेका छन् ।
उनलाई शनिबार राति महोत्तरीको भंगहा नगरपालिका ५ सिद्धपुर स्थित आफ्नै घरबाट पक्राउ गरेको महोत्तरीका प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले जानकारी दिए ।
चर्को ब्याजदरमा ऋण लगानी तथा ठगी जालसाजी गरी गरिब विपन्नको उठिबास गराउने लामोसमयदेखि धन्धा चलाएका छन् ।
पक्राउ परेका साहमाथि ठगी तथा अपराधी विश्वासघात कसुरमा कारबाही एसपी पंगेनीले टुडेपाटीलाई जानकारी दिए ।
सुदखोर अनिरुद्धले गैरकानुनी रुपमा चर्को ब्याजदरमा भंगहा गरपालिका लगायत महोत्तरी, धनुषा, सर्लाहीदेखि झापासम्म ऋण लगानी गर्ने गरेका हुन् ।
Sponsored
गरिब तथा विपन्न परिवारलाई परेको अप्ठ्यारोको मौका छोपेर चर्को ब्याजमा अर्थात १२ गुनासम्मको तमसुक बनाउने, साँवाको ब्याजको स्याजसमेत असुल गर्ने र कानुनी प्रक्रियाबाट सम्पति हड्पने उनको लामोसयमदेखि धन्धा हो ।
यो धन्दामा उनका दाइ लक्ष्मण साहसहित घरपरिवारका सदस्य संलग्न छन् ।
केही व्यक्तिलाई ऋण नै नदिई समेत कपाली तमसुक बनाएर बिल्लीबाठ गरेको घटना टुडेपाटीले पटक पटक खुलासा गरिसकेको छ। कतिपय ऋणीसँग साँवा ब्याजसमेत असुलेर उनले अदालतमा मुद्दा दायर गरी घरघडेरी समेत जफत गरेका छन् ।
यही धन्धा चलाएर उनले छोटो समयमै अकुत सम्पति आर्जन गरेका छन् ।