अवैध काठसहित पक्राउ परेका मिल मिलाकलाई वन कर्मचारीले भगाए, कामदार हिरासतमा
टुडेपाटी-
सिरहा, भदौ ४ गते ।
डिभिजन वन कार्यालय सिरहाका कर्मचारीहरुले अवैध काठसहित पक्राउ परेका मिलका सञ्चालकलाई बाटोबाटै भगाएका छन् ।
गोलबजार नगरपालिका–९ घुर्मी पुलको छेउमा सञ्चालित लक्ष्मी नारायण स–मिलका सञ्चालक मदन ठाकुरलाई वनका कर्मचारीले बाटोबाटै भगाइदिएका हुन् ।
तर, नजिकै रहेको सब–डिभिजन वन कार्यालय चोहर्वा र सब–डिभजन वन कार्यालय मिर्चैया र लहानबाट जिल्ला वन कार्यालयका कर्मचारी ४ घण्टापछि मात्रै मिलमा आए । उनीहरूले बरामद काठसहित मिलका सञ्चालक मदन ठाकुरलाई पक्राउ गरेर लहान तर्फ लागेका थिए ।
तर, शनिबार स्थानीय अगुवाहरुले डीएफओ शैलेन्द्र मिश्रसँग यस विषयमा सोधखोज गरेपछि उनले मदन बीच बाटोबाटै भागेको जवाफ दिए । वनका कर्मचारीले मदनलाई मिलबाट पक्राउ गरेर लगेपनि हिरासतमा भने मिलका कामदार श्रवण ठाकुरलाई राखिएको छ ।
वनका कर्मचारीले मिलका सञ्चालकलाई भगाउनु र स्थानीयले बारम्बार फोन गरे पनि ४ घण्टापछि मात्रै मिलमा आउनुले यसमा वनकै कर्मचारीको मिलेमतो रहेकोे पुष्टि हुन्छ ।
Sponsored