मुजेलियाको सार्वजनिक पुस्तकालयको पुनः निर्वाचनको दिन निर्वाचन अधिकृत नै गायब
टुडेपाटी-
जनकपुरधाम, भदौ ४ गते।
जनकपुरधामको मुजेलियास्थित राधाकृष्ण सार्वजनिक पुस्तकालयको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमामा निर्वाचन अधिकृतले मनोमानी गरेको आरोप लागेको छ ।
निर्वाचन अधिकृत निर्वाचन अधिकृत हरिलाल राउतले मनोमानी गरेको रोप लगेको हो ।
गत शनिबार भएको निर्वाचनमा अध्यक्ष पदका दुईजना उम्मेदवारबिच मत बाँझिएपछि पुनः मतदान गर्ने सहमति भएको थियो । तर निर्वाचन अधिकृत राउतले आफूखुसी सूचना टाँस गरी निर्वाचन नै नगराएको नवनिर्वाचित कोषाध्यक्ष रामअशिष साहलगायतका पक्षले आरोप लगाएका हुन् ।
शनिबार पत्रकार सम्मेलनको आयोजना गरी निर्वाचन अधिकृत राउतले आजको लागि तोकिएको मितिमा पनि पुनः निर्वाचन नगराई पुस्तकालयको मुलद्वारमै ताला लगाएर गायब भएको आरोप लगाएका छन् ।
कोषाध्यक्ष साहले भने, ‘गत शनिबार भएको निर्वाचनमा अध्यक्ष पदमा मत बराबर भएको थियो । अध्यक्षमा राजकिशोर यादव र रामजस यादवसहित दुईजना प्रतिस्पर्धामा थिए । दुबैजनाको ४८-४८ मत आएको थियो । सो पदमा आजका लागि पुनः मतदान हुने समय निर्धारण गरिएको थियो । तर, अन्त्यमा आएर निर्वाचन अधिकृत राउत कसैको प्रभावमा परी निर्वाचन स्थगित भएको सूचना टाँस गरेर निर्वाचन अधिकृत राउत सम्पर्कविहीन बनेका छन् ।’
Sponsored
उनले पुस्तकालयको विधानमा दुईजना उम्मेदवारबीच मत बाँझिए गोलाप्रथाद्वारा उम्मेदवार छनोट गर्ने प्रावधान स्पष्ट रुपमा उल्लेख रहेपनि निर्वाचन अधिकृत राउतले आफूखुसी मतदानको समय निर्धारण गरेको र अन्ततः त्यसबाट पनि पन्छिन खाजेको आरोपसमेत लगाए ।
अध्यक्ष पदका उम्मेदवार राजकिशोर यादवले निर्वाचन अधिकृत राउतले निर्वाचन समितिका अन्य दुईजना सदस्यहरुलाई पनि कुनै जानकारी नदिई आफूखुसी सूचना प्रकाशित गरेर निर्वाचन रोकेको आरोप लगाए । उनले अधिकृत राउत कसैको प्रलोभनमा परेको हुनसक्ने आशंकासमेत व्यक्त गरेका छन् ।
निर्वाचन समितिका सदस्य रामविनोद यादवले पनि निर्वाचन अधिकृत राउतले निर्वाचन स्थगित भएको सूचना प्रकाशित गर्नुअघि आफूहरुसँग कुनै प्रकारको विमर्श नगरेको बताए । अधिकृत राउतले मनोमानी गरिरहेको उनको भनाइ छ ।
यता, निर्वाचन अधिकृत राउतले अध्यक्ष पदको निर्वाचन आज (शनिबार)का लागि तोकिएकोमा सो अगावै जिल्ला प्रशासन कार्यालयमा निर्वाचन आयोगमाथि केही उजुरी पर्न गएको र सो निर्वाचनको सम्बन्धमा जिल्ला प्रशासन कार्यालयबाट निर्देशन नआएसम्म आफूले पुनः मतदान गराउन नसक्ने प्रतिक्रिया दिएका छन् ।