TodayPati

मधेश प्रदेश : २१ सय थान लागूऔषधसहित दुई भारतीय नागरिक पक्राउ

टुडेपाटी–
बारा, भदौ ४ गते ।

बाराबाट लागूऔषधसहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन् ।

शनिवार जिल्लाको कलैया उपमहानगरपालिका–२० बाट उनीहरूलाई पक्राउ गरिएको हो ।

Sponsored

पक्राउ पर्नेमा भारत बिहार मोतिहारी जिल्ला महुअवा थाना ग्राम पञ्चायत कोरैया–१ का ३२ वर्षीय चन्दन मिश्रा र २ का २५ वर्षीय धर्मजित कुशवाहा रहेका छन् ।

भारतको बिहारबाट नेपाल आएको बीआर ३० आर ९३९१ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले उनीहरूको पिठ्युँमा बोक्ने झोलाभित्र लुकाई छिपाई नेपालमा बिक्रीका निम्ति ल्याएको डाइजेपाम, फेनारगन र नुर्फिन ६–६ सय थान र नाइट्राभेट–१० तीन सय थान लागु औषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Sponsored

लागुऔषध फेला परे पश्चात उनीहरू सवार मोटरसाइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धानका निम्ति जिल्ला प्रहरी कार्यालय बारा ल्याइएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *