TodayPati

मधेश प्रदेश : भारत लग्दै गरेको मदिरासहित दुई युवक पक्राउ

टुडेपाटी–
सर्लाही, साउन ३१ गते ।

भारत लग्दै गरेको मदिरासहित दुई भारतीय युवक सर्लाहीबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको सितामढी जिल्ला ग्राम पंचायत डुमरा वडा नं. १० मा बस्ने २५ वर्षीय मो वलि युल्लाह र वडा नं. ९ बस्ने २६ वर्षीय मो मुखतार आलम रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Sponsored

सोमबार राति प्रहरीको गस्ती टोलीले सर्लाहीको ब्रहमपुरी गाउँपालिका ४ स्थितमा दुईवटा भारतीय नम्बर प्लेटको मोटरसाइकलबाट नेपालबाट भारत तर्फ जाँदै गरेका दुबै युवकलाई बरुन रक्सी, म्यणडोल रक्सीसहित पक्राउ गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए ।

बरामद गरिएको १ लाख ३० हजार ४ रुपैयाँ बराबरको सामानसहित दुबै युवकलाई आवश्यक कार्वाहीको लागी मंगलवार सर्लाही भन्सार कार्यालय मलंगवामा पठाईएको प्रहरीले जनाएका छन् ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *