मधेश प्रदेशका वाईसिएल इन्चार्ज शंकर महतो एमाले प्रवेश
टुडेपाटी–
काठमाडौं, साउन ३१ गते ।
नेकपा माओवादी केन्द्रको मधेश प्रदेश सदस्य तथा वाइसिएलका प्रदेश इन्जार्ज शंकर महतोसहित विभिन्न दलका एक दर्जन नेताकार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।
मंगलबार एक कार्यक्रमबिच एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले युवा नेता महतोसहित नवप्रवेशीहरुलाई टिका लगाएर पार्टीमा स्वागत गरेका हुन् ।
महोत्तरी, धनुषा र रौतहटका माओवादी केन्द्र, नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीका २५ जना नेता कार्यकर्ता एमालेमा प्रवेश गरेको जनाएको छ ।
एमाले प्रवेश गर्नेहरुमा माओवादी केन्द्रका प्रदेश समिति सदस्य रौतहटका अजित कुशवाहा, वाईसिएलका धनुषा जिल्ला अध्यक्ष मनोजकुमार महतो, नेकपा एसकामधेश प्रदेश सदस्य रोशन गौतम, काँग्रेसका महोरी जिल्ला सदस्य दीप बहादु कार्की लगायत रहेका छन् ।
Sponsored
प्रवेश गरेका वाइसिएल मधेश प्रदेश इन्चार्ज महतो माओवादीका स्थायी समिति सदस्य तथा पूर्व मन्त्री गिरीराजमणि पोखरेलका महत्वपूण सहयोगी र विश्वासपात्र थिए । पोखरेल विज्ञान प्रविधि तथा शिक्षामन्त्री हुँदा महतो उनका स्वकीय सचिव थिए ।