TodayPati

अन्तराष्ट्रिय युवा दिवसको चौथोदिन ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

टुडेपाटी–
जनकपुरधाम, असार २९ गते ।

जिल्ला युवा सञ्जाल धनुषाले २२ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा चौथो दिन ट्राफिक सचेतना कार्यक्रमको आयोजना गरेको छ ।

‘अन्तर पुस्ताको ऐक्यबद्धताः सबै उमेर समूह मैत्री विश्व निर्माणमा प्रतिबद्धता’ भन्ने मुल नाराका साथ मधेस प्रदेशको महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयको आयोजना र जिल्ला युवा सञ्जाल धनुषाको अगुवाइ मा कार्यक्रम सम्पन्न भएको हो ।

Sponsored

बिभिन्न गैरसरकारी संघसंस्थाहरुको सहकार्यमा ४ दिवसीय कार्यक्रम अन्तर्गत आइतबार जिल्ला ट्राफिक प्रहरीसँग समन्वय गरेर ट्राफिक सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको सञ्जालका अध्यक्ष कुलदिप साहले बताए ।

जिल्ला युवा सञ्जाल धनुषाले आइतबार साँझ जानकीमन्दिरको छेउमा ट्राफिक सचेतना सम्बन्धित कार्यक्रम गरेका छन् । उक्त कार्यक्रममा मोटरसाइकल चलाउँदा हेलमेटको अनिवार्य प्रयोग, चार पाङ्ग्रा गाडी चलाउँदा सिट बेल्टको प्रयोग, पैदल यात्रुलाई फुटफाथबाट हिँडडुल गर्न, बाटो क्रस गर्दा जेब्रा क्रसबाट गर्न, अनावश्यक रुपमा हर्न नबजाउन अनुरोध गर्दै युवाहरु सचेतना कार्यक्रम सम्पन्न गरेका छन् ।

No description available.

सबारी दुर्घटनामा सबैभन्दा बढी युवाकै मृत्यु र अङ्गभङ्ग हुनेगरेकाले यसलाई न्युनीकरण गर्न युवानै सचेत हुनुपर्ने सञ्जालका अध्यक्ष साहले बताए । अध्यक्ष साहले दुर्घटना न्यूनिकरण गर्नका लागि आफुहरु प्रयास गरिरहेको भन्दै भने, ‘तर यो पर्याप्त छैन यसको लागी सम्बन्धित निकायबाट ट्राफिक सचेतना सम्बन्धित दिर्घकालीन रुपमा कार्यक्रम आउनुपर्छ । स्कुल, कलेजभन्दा बाहिरका युवाहरुलाई पनि त्यस कार्यक्रम मार्फत समेटन सके तथा आफ्नो घरको सम्पूर्ण सदस्यहरुलाई सचेत गराउन सके दुर्घटना न्यूनिकरण गर्न सकिन्छ ।’

Sponsored

No description available.

जनकपुरधामको कार्यक्रम सञ्जालका अध्यक्ष साहको नेतृत्वमा सम्पन्न भएको छ । जसमा कार्यक्रमको सहकार्य लीयो कल्ब जनकपुरधाम, इन्सेक, स्पर्श नेपाल, उन्नत नेपाल, नेपाल परिवार नियोजन संघ, आयोन नेपाल, सुनौलो बिहानी समाज, नेपाल महिला मैत्री समाज, ओरेकलगायतका संस्थाहरुले गरेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *