TodayPati

चुरे अभियन्ताले मुख्यमन्त्रीको कार्यालयमा तालाबन्दी गर्ने

टुडेपाटी–
जनकपुरधाम, साउन २९ गते ।

चुरे अभियानीले मधेश प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा तालाबन्दी गर्ने भएको छ ।

चुरे तथा वन जंगलको संरक्षण र सुकुमवासीको व्यवस्थापनको माग गर्दै जनकपुरधाममा पछिल्लो २६ दिनदेखि रिले अनसनमा बस्दै आएका चुरे तथा वनजंगलको संरक्षण अभियानले तेस्रो चरणको आन्दोलनको घोषणा गरेको छ ।

Sponsored

आइतबार पत्रकार सम्मेलनमा अभियानका राष्ट्रिय संयोजक सुनिल कुमार यादवले मधेस प्रदेश सरकारसँग भएको ७ बुँदे सहमति कार्यान्वयन नहुँदा तेस्रो चरणको आन्दोलन घोषणा गरिएको बताए ।

विगत २६ दिनदेखि रिले अनसन तथा विभिन्न दबाबमूलक कार्यक्रम गरे पनि प्रदेश सरकार र स्थानीय सरकारबाट सुनुवाइ नभएकाले बाध्यतावश तेस्रो चरणको आन्दोलन घोषणा गरेको उनले बताए ।

आन्दोलन कार्यक्रम अन्तर्गत भदौ १ गते मधेश प्रदेशका आठ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालय अगाडि १ घण्टा धर्ना तथा ज्ञापनपत्र बुझाउने, भदौ २, ५, ६ र ७ गते आठ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालय अगाडि एक घण्टा धर्ना दिने, भदौ ८ गते आठ वटै जिल्लाको सदरमुकाममा तीनै तहको सरकारविरुद्ध प्रदर्शन तथा कोणसभा गर्ने, भदौ ९ गते मधेस प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि मुख्यमन्त्री लालबाबु राउतको पुत्ला दहन गरी उनको कार्यालयमा ताला लगाउनेसम्मका कार्यक्रम छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *