राष्ट्रपति भण्डारीले फिर्ता पठाइन् नागरिकता विधेयक
टुडेपाटी–
काठमाडौँ, साउन २९ गते ।
दुबै सदनबाट पास भएको नागरिकता विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएकी छन्।
दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाइएको विधेयक उनले फिर्ता गरेकी हुन्।
गत साउन १५ गते सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपति भण्डारी समक्ष पेश गरेका थिए।
विधेयक पुनःविचार गर्नुपर्ने भएकाले फिर्ता गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
यद्यपी कुन पक्षमा पुनःविचार गर्नु भनेर फिर्ता गरेको राष्ट्रपति कार्यालयले सार्वजनिक रुपमा उल्लेख गरेको छैन।
Sponsored