TodayPati

सरकारको राहतबाट वञ्चित भएका गरिबलाई वटेश्वरका रामनाथले आफ्नै खर्चमा राहत बाँडे

टुडेपाटी
वटेश्वर, वैशाख ७ गते ।

धनुषाको वटेश्वर गाउँपालिका–२ स्थ्ति धुमासनमा निजी खर्चमा एक स्थानीयले अति विपन्न तथा मजदुरलाई राहत वितरण गरेका छन् । गाउँपालिकाले वितरण गरेको राहतबाट वञ्चित भएका विपन्न परिवारलाई स्थानीय रामनाथ महतोले निजी खर्चबाट राहत वितरण गरेका हुन् ।

लकडाउनको अवधिमा काम नपाएपछि छाँक टार्न समस्या हुने २० घर परिवारको घरमै पुगेर महतोले राहत वितरण गरेका छन् । काठमाडौँमा एक निजी संस्थामा कार्यरत छोरा रामवरण महतो काठमाडौँमै घेरिएपछि उनले त्यहीँबाट गाउँका विपन्नलाई राहत बाँड्न बुवालाई आग्रह गरेका थिए ।

Sponsored

उनकै आग्रहमा महतोले २० घर परिवारलाई १० किलो चामल, १ किलो दाल, आधा लिटर तेल, १ किलो नुन, २ किलो आलु, एउटा साबुन र बिस्कुट वितरण गरेका हुन् । स्थानीय सरकारको राहतबाट वञ्चित भएका विपन्न परिवारले राहत पाएपछि खुशी भएका थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *