TodayPati

जनकपुरमा नोट छरेर भागेको आरोप लागेका दुबै महिलामा कोरोना संक्रमण नभएको पुष्टि

टुडेपाटी
जनकपुरधाम, वैशाख ७ गते ।

जनकपुरमा नोट छरेर भागेको आरोपमा पक्राउ परेकी दुबै महिलामा कोरोना संक्रमण नरहेको पुष्टि भएको छ । प्रादेशिक अस्प्ताल जनकपुरमा पिसिआर प्रविधिबाट भएको परिक्षणमा कोरोना नेगेटिभ देखिएको समाजिक विकास मन्त्रालयले जनाएको छ ।

कोरोना कहरको संत्रासकाबीच शुक्रवार दिउँसो जनकपुरस्थित महावीर चोकमा नोट छरेर भागेको अफवाह फैलिएपछि प्रहरीले सिसिटिभी फुटेजको आधारमा दुबै महिलाको पहिचान गरी नियन्त्रणमा लिएर स्वसथ्य परिक्षणकालागि पठाएको थियो ।

Sponsored

शनिवार पक्राउ परेकी ती महिलामध्ये एक जनाको आरडिटी परिक्षणमा पोजेटिभ रिपोर्ट आएपछि साँझ स्वाव संकलन गरी पिसिआर प्रविधिमार्फत परिक्षण गरिएको थियो । आइतवार दिउँसो आएको रिपोर्टमा दुबै जनामा कोरोना संक्रमण नेगेटिभ देखिएको समाजिक विकासमन्त्रालयले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *