TodayPati

महोत्तरीमा भाइको ५ लाख कुम्ल्याउन लुटपाटको नाटक गर्ने दाइ पक्राउ

टुडेपाटी-
महोत्तरी, साउन १५ गते ।

महोत्तरीमा भाइको रकम कुम्ल्याउन दाइले लुटपाटको नाटक गरेको आरोपमा पक्राउ परेका छन् । आफ्नै भाइले बैंकको खातामा जम्मा गर्न दिएको रकम कुम्ल्याउन आफूलाई तीनजनाको समूहले छुरा प्रहार गरी पाँच लाख रुपैयाँ लुटेको भनी प्रहरीमा झुटो जानकारी दिने दाइलाई प्रहरीले पक्राउ गरेका हुन् ।

पक्राउ पर्नेमा महोत्तरीकै रामगोपालपुर नगरपालिका ७ बस्ने ३६ वर्षीय अरुण चौधरी रहेका छन् ।

Sponsored

शुक्रबार साँझ करिब साढे ४ बजेको समयमा गौशला नगरपालिका २ रेडक्रसनजिक माइस्थान सम्सी सडकखण्डमा औरहीबाट निगौलचौकहुँदै सम्सीतर्फ जाँदै गरेको प्रदेश २-०२-००४ प ३३४७ नम्बरको मोटरसाइकलमा सबार चौधरीलाई नम्बर नखुलेको मोटरसाइकलमा आएका तीन जना अज्ञात समुहले बाटो छेकी छुरा प्रहार गरी घाइते बनाएको र आफूसँग भएको रुपैयाँ लुटपाट गरेको चौधरीले बताएका थिए ।

घटनाबारे इलाका प्रहरी कार्यालय गौशालाबाट सुक्ष्म अनुसन्धान गर्दा चौधरीले आफ्नो भाइ अनिल चौधरीलाई ठग्न लुटपाटको नाटक गरेको खुलेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

प्रहरीले सिसिटिभी फुटेजहरू, बारदात स्थानको सडकहुँदै आवतजावत गर्ने स्थानीयहरूसंगको सोधपुछ र पीडित भनिएका अरुण चौधरीसँग सोधपुछ गरेपछि भाइ अनिलले खातामा जम्मा गर्न भनी दाइ अरुण चौधरीलाई दिएको ५ लाख हिनामिना गर्न लुटपाटको नाटक गरेको खुलेको हो ।

Sponsored

चौधरीलाई भाइले पाँच लाख जम्म गर्न दिएकोमा खातामा जम्मा नगरी हिनामिना गर्ने उद्देश्यले सरपल्लोको चाँदनी देबीलाई १ लाख ५६ हजार सापटी फिर्ता दिएको, ४९ हजार मनी ट्रान्सफरमा काम चलाउँदै गर्नु भनी श्रीमतीलाई छाडेको र बाँकी दुई लाख ९५ हजार मनी ट्रान्सफरको फन्डमा जम्मा गरेको खुलेको प्रवक्ता विष्टले बताए ।

प्रहरीले लुटिएको भनिएको कालो रंगको झोला घटनास्थलको करिब २ सय मिटर उत्तर तर्फरहेको कलर्भटमुनि लुकाइएको अवस्थामा फेला पारेको उनले बताए ।

भाइलाई ठग्न तथा घटनालाई भ्रमात्मक बनाउन आफैले आफ्नो बायाँ तिघ्रामा छुराले प्रहार गरी चोट बनाई लगाएको जिन्सको पाइन्टसमेत च्यातेको आरोपित अरुणले स्वीकार गरेकाले उनीमाथि थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *