TodayPati

दिनदहाडै जनकपुरधामबाट दुई लाख रुपैयाँ लुटियो

टुडेपाटी-
जनकपुरधाम, साउन ९ गते ।

जनकपुरधामबाट दिनदहाडै लाखौं रुपैयाँ लुटिएको छ ।

सोमबार दिउँसो बैंकबाट रकम झिकेर फर्किदै गरेकी एक महिलाको २ लाख रुपैयाँ लुटिएको हो ।

Sponsored

जनकपुरधाम उपमहानगरपालिका-१ कि शर्मिला यादव मिल्स एरियास्थित एभरेष्ट बैंकबाट २ लाख रुपैयाँ झिकेर घरतर्फ जाँदै गर्दा मोटरसाइकलमा आएका दुई जनाले रकम लिएर भागेका छन् ।

साउदीमा रहेका श्रीमान् देवशरणले पठाएको रकम बैंकबाट झिकेर घरतर्फ जान लाग्दा मोनास्टिक स्कुल नजिकै एउटा मोटरसाइकलमा आएका दुई जनाले रकम भएको भोला नै हातबाट लिएर भागेको शर्मिलाले बताएकी छन् ।

यता धनुषाका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता प्रदीपबहादुर क्षेत्रीले रकम लुटेराहरुको खोजी भइरहेको बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *