TodayPati

मधेश प्रदेश : पानीमा डुबेर ३ जनाको मृत्यु

टुडेपाटी–
जनकपुरधाम, साउन ९ गते ।

मधेश प्रदेशको दुईवटा जिल्लामा पानीमा डुबेर तीनजनाको मृत्यु भएको छ ।

धनुषा पोखरीमा डुबेर २ जनाको र रौतहटमा नहरमा डुबेर एकजनाको मृत्यु भएको प्रहरीले जनाएका छन् ।

Sponsored

धनुषाको धनुषाधाम नगरपालिका–९ क्वाटर टोलस्थित सार्वजनिक पोखरीमा डुबेर आइतबार दुई जनाको मृत्यु भएको छ ।

स्थानीय शेरू रानामगरकी छोरी १३ वर्षीया कुसुम राना मगर र रस्मित मगरकी छोरी १२ वर्षीया छोरी स्वीकृती मगरको मृत्यु भएको हो ।

पोखरीमा नुहाउने क्रममा डुबेर अशक्त भएका उनीहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Sponsored

यस्तै रौतहटको वृन्दावन नगरपालिका–६ मा शेख मनिरको छोरा ८ वर्षीय शेख जबि उल्लाको आफ्नै घर नजिक नहरमा डुबेर आइतबार मृत्यु भएको हो ।

दुवै घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *