मधेश प्रदेश : ट्याक्टरको ठक्करबाट युवकको मृत्यु
ट्डेपाटी–
जनकपुरधाम, साउन ९ गते ।
ट्याक्टरको ठक्करबाट सर्लाहीमा एकयुवकको मृत्यु भएको छ ।
आइतवार ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार सर्लाहीको रामनगर गाउँपालिका ५ का २२ वर्षीय रमेश कुमार यादवको उपचारको क्रममा सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
आइतवार राति साढे ८ बजेको समयमा धनकौल गाउँपालिका २ स्थित नयाँ रोड मधुवनी सडक खण्डमा गिट्टी लोड गरेको ना ७ त १७३५ नम्बरको टयाक्टरले मानपुरबाट बिर्तातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार यादव घाइते भएका थिए ।
बरहथवामा सामान्य उपचार पश्चात थप उपचारको लागि बिरगंज रिफर गरेकोमा उपचारको क्रममा सोमबार साँझ करिब ४ बजे यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बिजय यादवले जानकारी दिए ।
ठक्कर दिने ट्याक्टर प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक फरार भएका छन् । फरार भएका चालकको खोजतलास भइरहेको तगा यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
Sponsored