TodayPati

सवारी दुर्घटनामा परेर मधेश प्रदेशमा ५ सयभन्दा बढीले गुमाए आफ्नो ज्यान

टुडेपाटी–
जनकपुरधाम, साउन ८ गते ।

मधेश प्रदेशमा सवारी दुर्घटनामा परेर एक वर्षमै ५८५ जनाको मृत्यु भएको छ ।

आर्थिक वर्ष २०७८÷७९ मा ५ हजार ७११ वटा सवारी दुर्घटना हुँदा ५८५ जनाले आफ्नो ज्यान गुमाएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।

Sponsored

ज्यान गुमाउनेहरूमध्ये ४४८ जना पुरुष, ८१ जना महिला, ४२ बालक र १४ बालिका रहेका छन् ।

यस्तै, दुर्घटनामा परेर ९ हजारभन्दा बढी व्यक्ति घाइते भएका छन्। गत आवमा दुर्घटनामा परेर ९ हजार ४६४ जना घाइते भएका थिए।

जसमा ६ हजार ६३४ जना पुरुष, १ हजार ५२७ महिला, ८५७ बालक र ४४६ बालिका घाइते भएको प्रहरी प्रवक्ता तुलबहादुर कार्कीले जानकारी दिए।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *