TodayPati

मधेश प्रदेश : नक्कली रुपैयाँ सहित भारतीय नागरिक पक्राउ

टुडेपाटी–
सर्लाही, साउन ८ गते ।

नक्कली नेपाली रुपैयाँसहित सर्लाहीबाट एक भारतीय नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला सीतामढी थाना सोनवर्षा ग्राम परछुहिया ९ घर बताउने ४० वर्षीय लालमोहन पासवान रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

Sponsored

पासवानलाई शनिबार राति करिब साढे ८ बजेको समयमा हरिवन नगरपालिका ११ हरिवन बजारस्थित कार्की पुस्तक पसलअगाडि नेपाली नक्कली नोट चलनमा ल्याउँदै गरेको सूचनाको आधारमा पक्राउ गरिएको छ ।

प्रहरीको टोलीले पासवानलाई ५० हजार नक्कली रुपैयाँसहित नियन्त्रणमा लिएको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए।

प्रहरीले १ हजारको ५० वटा नक्कली नोट पासवानको साथबाट बरामद गरेको हो।

Sponsored

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *