मधेश प्रदेश : २ दिनदेखि हराएकी ४ वर्षीया बालिका मृत फेला
टुडेपाटी–
वीरगञ्ज, साउन ७ गते ।
दुई दिनदेखि वीरगञ्जमा हराईरहेकी ४ वर्षीया बालिकका मृत अवस्थामा फेला परेकी छन् ।
वीरगञ्ज महानगरपालिका २ छपकैया घुसुकपुरका सिकन्दर अलीको ४ वर्षीया छोरी सुहाना खातुनको शव फेला परेको हो । स्थानीयले बिहान बालिकाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
बिहीबार अपरान्हदेखि हराएकी बालिकाका अभिभावकले छोरी हराएको निवेदन शुक्रबार मात्रै प्रहरीमा दिएका थिए ।
वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्ल नेतृत्वको प्रहरी टोली घटनास्थल पुगेको छ । प्रहरी टोलीले शव जाँच मुचुल्का तयार गरी शव पोष्ट मार्टमका लागि नारायणी अस्पताल पठाएको छ ।
बालिकाको हत्या भएको हुनसक्ने आशंका गरिएको छ । प्रहरीले घटनामा संलग्न भएको आशंकामा दुईजनालाई पक्राउ गरेको छ । १४ वर्षीय बालक र अर्का एक जनालाई पक्राउ गरेएको छ ।
Sponsored
यता जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले बालिकाको हत्या नै भएको हुन सक्ने आशंकामा अनुसन्धान अघि बढाइएको बताए ।
बालिकाको गालामा चोट देखिएको भन्दै उनले लास जाँच मुचुल्का भइरहेको र त्यसपछि शव पोष्टमार्टमका लागि पठाउने बताए । उनले पोस्पटमार्टमको रिपोर्ट आएपछि मात्र मृत्युको कारण यकिन गर्न सकिने बताए ।