TodayPati

सर्लाहीमा ४५ प्रतिशत धान रोपाईँ

टुडेपाटी–
सर्लाही, असार २८ गते ।

असार सकिन लाग्दा सर्लाहीमा अहिलेसम्म ४५ प्रतिशत मात्र धान रोपाइँ भएको छ ।

जिल्ला कृषि ज्ञान केन्द्र मलंगवा सर्लाहीका अनुसार अहिलेसम्म जिल्लामा धान रोपाई हुने कुल क्षेत्रफलको ४५ प्रतिशत क्षेत्रफलमा मात्र धान रोपाई भएको हो । यस अवधिमा गत बर्ष ८० प्रतिशत भन्दा बढी क्षेत्रफलमा धान रोपी सम्पन्न भएको थियो ।

Sponsored

मलखाद, सिंचाई लगाएतको समस्याका कारण धान रोपाईमा ढिलाई भएको किसानहरुको गुनासो छ ।

नियमित पानी नपरेको कारण धान रोपाई गर्न समस्या भएको किसानहरुको भनाइ छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *