TodayPati

मधेश प्रदेश : तत्कालीन गाविस सचिवविरूद्ध भ्रष्टाचार मुद्दा दायर

टुडेपाटी–
सर्लाही, असार २८ गते ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको साविक सलेमपुर गाविसका तत्कालीन सचिव ध्रुवनारायण झाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

आयोगले गाविसका तत्कालीन सचिव झाविरूद्ध ७ लाख ५१ हजार रुपैयाँ बिगो कायम गरी सार्वजनिक सम्पत्ति हानी–नोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

Sponsored

मंगलबार काठमाडौंस्थित विशेष अदालतमा अख्तियारले उनीविरूद्ध मुद्दा दायर गरेको हो।

सचिव झाले गाविसमा विभिन्‍न योजना कार्यान्वयन एवं सेवा प्रवाहमा अनियमितता गरेको उजुरी अख्तियारमा परेको थियो।

त्यसमा अनुसन्धान हुँदा झाले ७ लाख ५१ हजार रुपैयाँ रकम विभिन्न व्यक्तिको नाममा निकाली हिनामिना गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *