TodayPati

सप्तरीमा पानीमा डुबेर एक युवकको मृत्यु

टुडेपाटी-
जनकपुरधाम, असार २८ गते ।

सप्तरीमा पानीमा डुबेर एकजना युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका ५ मुसहरी टोल बस्ने ३० वर्षीय को रामउदगार सदा रहेका छन् ।

Sponsored

सोमबार दिउँसो बाटतेल लिन भनि निस्केका सदा माझी पोखरीमा डुबेर मृत फेला परेको प्रहरीले जनाएको छ । मदिरा सेवन गरी पानीमा डुबेको हुन सक्ने प्रहरीको अनुमान छ ।

स्थानीयले पोखरीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकको शवको कानुन बमोजिम मुचुल्का गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *