TodayPati

साउन पहिलो हप्तामा एसईईको रिजल्ट आउने

टुडेपाटी-
काठमाडौं, असार २८ गते ।

साउन पहिलो हप्तामा माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक हुने भएको छ ।

एसईई परीक्षा नियन्त्रण कार्यलयका अनुसार सबै परीक्षण केन्द्रहरुबाट विद्यार्थीको उत्तरपुस्तिका केन्द्रमा ल्याउन बढी समय लागेकाले नतिजा सार्वजनिक गर्न ढिलाइ भएको हो ।

Sponsored

परीक्षा नियन्त्रक अर्जुन रायमाझीले असार मसान्तभित्र रिजल्ट सार्वजनिक गर्ने भनेर तयारी थालेपनि उत्तरपुस्तिका संकलनमा ढिला भएकाले नतिजा सार्वजनिक गर्न पनि ढिला भएको बताए ।
उनले सम्भवत साउन पहिलो हप्ताभित्र रिजल्ट सार्वजनिक गर्ने बताए।

असार २१ मा देशभरका ५६ परीक्षण केन्द्रहरुबाट उत्तरपुस्तिका एसईई परीक्षा नियन्त्रण कार्यलयमा जम्मा भएको थियो ।

राष्ट्रिय परीक्षा बोर्डले यो वर्ष विद्यार्थीहरुको प्राप्ताङ्क प्रदेशले नै अपडेट गर्ने बताउँदै आएको थियो । तर, प्रदेशले अपडेट गर्ने सफ्टवेयर जडान भइनसकेकाले यो पटक केन्द्रबाटै सबै नतिजा सार्वजनिक हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

Sponsored

२०७९ वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन भएको २०७८ सालको एसईईको परीक्षण भइसकेको उत्तरपुस्तिकालाई सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयमा जम्मा गरिएको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

2 thoughts on “साउन पहिलो हप्तामा एसईईको रिजल्ट आउने

Leave a Reply

Your email address will not be published. Required fields are marked *