ग्लोबल आइएमई लघुवित्त पोखरिया शाखाद्वारा दलित बस्तीमा कीटनाशक झुल वितरण
टुडेपाटी–
पर्सा, असार २५ गते ।
ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेड पोखरिया शाखाले पर्सा स्थित एक दलित बस्तीमा कीटनाशक झुल वितरण गरेको छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत पर्साको विन्दवासिनी गाउँपालिका ५ भेलाहा टोलका दलित समुदायका ५० घरपरिवारलाई कीटनाशक झुल वितरण गरिएको शाखा प्रमुख सुनिल कुमार चौधरीले जानकारी दिए ।
शाखा प्रमुख चौधरीले वर्षाको मौसम सुरु भएकाले अहिले विभिन्न प्रकारको किराहरुको जोखिम बढेको भन्दै भने, ‘पछिल्लो समय विभिन्न देशमा नाइरोबी फ्लाइका सङ्क्रमित भेटिन थालेको छ । यसका लागि हामीले दलित बस्तीमा किटनाशक झुल दिएका छौँ । यसले उनीहरुलाई केही राहत हुन्छ ।’
शुक्रवार एक कार्यक्रमकाबीच पोखरिया शाखाले दलित वस्तीमा प्रति परिवारमा एक थानको दरले झुल दिएको चौधरीले बताए ।
संस्थाको दहियार स्टेशन अन्तर्गतका अनुगमन अधिकृत सुदिप ढकालले उक्त झुल हस्तान्तरण गरेका हुन् । उनले विगतमा सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरिया शाखाले सिपमुलक तालिम, वित्तीय साक्षरता तालिम, सरसफाई कार्यक्रम, दैविक प्रकोप पीडितलाई सहयोग लगायत विभिन्न सामाजिक कार्यहरु गर्दै आएको र यस पटक कीटनाशक झुल वितरण गरेको बताए ।
Sponsored
२०७४ सालमा स्थापना भएको ग्लोवल आइएमई लघुवित्त संस्था पोखरिया शाखामा हाल २ हजार ५५ जना सदस्य रहेका छन् । पोखरिया शाखाले १ हजार ३४६ जना सदस्यहरूलाई २० करोड ५ लाख ५५ हजार ४१ रुपैयाँ कर्जा प्रवाह गरि ५ करोड ५६ लाख ८४ हजार ७८४ रुपैयाँ बचत संकलन गरेको शाखा प्रमुख चौधरीले बताए ।
झुल वितरण कार्यक्रममा शाख प्रमुख चौधरीसहित कर्मचारीहरू योगेन्द्र प्र.चौचरी, अभिषेक पटेल, ओमवावु पटेल, श्यामसुन्दर महतो, संजय विसुन्केलगायतका उपस्थिति रहेको थियो ।