TodayPati

राष्ट्रपतिबाट विभुषित मालपोत अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

टुडेपाटी–
काठमाडौँ, असार २४ गते ।

राष्ट्रपतिबाट विभुषित भएकी मालपोत कार्यालय ताप्लेजुङमा कार्यरत मालपोत अधिकृत लेखा पनेरु महतविरुद्ध भ्रटाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रवार मालपोत अधिकृत महत उपर १ लाख ५० हजार विगो कायम गरी घुस÷रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी विशेष अदालत काठमाडौँमा आरोप–पत्र दायर गरेको हो।

Sponsored

जग्गा दर्ता कायम गर्ने सिलसिलामा महतले सेवाग्राहीसँग १ लाख ५० हजार घुस माग गरेको अख्तियारले जनाएको छ।

अख्तियारको टोलीले महतलाई घुस वापत सो रकम लिइसकेको अवस्थामा गत वैशाख ११ गते नियन्त्रणमा लिएको थियो।

महत निजामती सेवामा रहेर नागरिकको हित अभिवृद्धीको लागि गरेको योगदानको उच्च कदर गर्दै राष्ट्रपति विद्यादेबी भण्डारीबाट १ वैशाखमा प्रबल जनसेवाश्री चतुर्थ श्रेणीबाट विभूषित भएकी थिइन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *