TodayPati

जनकपुरधामका जनप्रतिनिधि र कर्मचारी साइकल चढ्ने

टुडेपाटी-
जनकपुरधाम, असार २५ गते ।

जनकपुरधाम उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारी साताको एक दिन साईकल चेड्ने भएका छन् ।

इन्धनको खपत घटाउनका लागि हरेक हप्ताका शुक्रबार उपमहानगरका सबै जनप्रतिनिधि र कर्मचारीले साइकल चढ्नु पर्ने भएको हो ।

Sponsored

यो निर्णय आगामी साउन महिनादेखि कार्यान्वयनमा आउने उपमेयर किशोरी साहले बताए ।

उपमहानगरपालिकाको नगर सभाले यस्तो निर्णय गरेको उनले जानकारी दिए ।

पेट्रोलियम पदार्थको खपत घटाउन, पर्यावरणलाई सफा राख्न र शरीरका लागि पनि राम्रो हुने भएकाले हप्ताको एक दिन साइकल चढ्ने निर्णय भएको उनले बताए ।

Sponsored

यता प्रमुख प्रशासकीय अधिकृत प्रधुम्न प्रसाद उपाध्याय शुक्रबार नै आफ्नो कोठाबाट साइकल चढेर कार्यालयसम्म पुगेका छन् ।

उपमहानगरपालिकाको नीति अनुरुप आफू कार्यालयसम्म साइकलमै पुगेको उनले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *