TodayPati

मधेश प्रदेश : हिरोईन बनाइदिने भन्दै १५ वर्षीया बालिकालाई भारतमा बेच्ने दुईजना पक्राउ

टुडेपाटी-
पर्सा, असार २५ गते ।

पर्सा प्रहरीले १५ वर्षीया बालिकालाई भारतमा बेच्ने दुईजनालाई नियन्त्रणमा लिएको छ ।

भोजपुरी चलचित्रको हिरोइन बनाइदिने प्रलोभन देखाइ १५ वर्षीया किशोरीलाई भारतमा बेच्ने रौतहटको गौर नगरपालिका-२ घर भई पर्साको वीरगञ्ज महानगरपालिका-१६ नगवा बस्ने चमेली देवी र भारतको विहार राज्य जिल्ला सितामढी, बासपट्टी पचरा बस्ने रोशन तिवारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Sponsored

२०७८ माघ १२ गतेदेखि १५ वर्षीया बालिका हराएकी थिइन्।

पक्राउ परेका दुवै जनाले किशोरीलाई भोजपुरी चलचित्रको हिरोईन बनाइ दिने प्रलोभन देखाइ भारतको बिहार राज्य, पूर्वी चम्पारण, झिटकैया गाउँमा  लगेर एक भारतीय नागरिकसँग तिस हजार भारतीय रुपाैयाँमा बेचेको प्रहरीले जनाएको छ।

ती भारतीय नागरीले पीडित किशोरीलाई विभिन्न कार्यक्रमहरूमा अश्लील नृत्य गर्न बाध्य बनाइ कसैसँग सम्पर्क गर्न नदिइ शारीरिक र मानसिक यातना दिइ राखेको अवस्थामा किशोरी असार २१ गते भागेर अभिभावकको सम्पर्कमा आएकी थिइन्।

Sponsored

प्रहरीले पीडित किशोरीसँत सोधपुछ गर्दा उनलाई बेचबिखन गर्ने चमेली र तिवारीलाई पक्राउ गरिएको पर्साका प्रहरी प्रबक्ता ओमप्रकाश खनालले जानकारी दिए।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *