सप्तरीमा स्थानीय सरकार मौन हुँदा युवाले बाँडे विपन्न परिवारलाई राहत
शुभ नारायण यादव-
सप्तरी, वैशाख ५ गते ।
सरकारले लगातार गरेेको लकडाउनले गर्दा र स्थानीय सरकारले निर्धारित राहतको ढिला सुस्तिले भाेकभाेके बस्नुपनेृ अवस्थामा युवाहरुकाे पहलमा विपन्न परिवारलाई राहत वितरण गरेकाे हो ।
समाजिक संजालको पोस्ट पछि इच्छुक व्यक्तिहरुले अति दयनीय अवस्थामा रहेको परिवारलाइ यस महामारीको अवस्थामा सहयोग गर्न सहयोगी हात बढाइ रहेको देखि स्थानिय युवाहरुको हौसला अझै बुलन्द भएको छ।सोही क्रममा आज अझै ८ जना गरिब ,निमुखा घरपरिवारलाइ राहत प्रदान गरेको छ ।
युनिकफर्मामाकार्यरत सप्तरीको तिलाठीका केशबकुमार मिश्रा र गुपेशकुमार मिश्राको सहयोगमा
साथै क्लबका पहलमा राहत वितरण गरेको हो ।
स्थानीय सरकारले अहिले सम्म देखाएको मौनताको अवस्थामा अझै पनि कैयन परिवारको एक छाक टार्न समेत धौ धौ परिरहेकोले सहयोगका हातहरुलाइ अगाडीका साथ सहयोग गरिदिनु हुन विनम्र अनुरोध समेत गरेका छन । साे राहत वितरणमा युवा नेता राजेश राय राहुल ,गाेरगमा युथका नन्दकिशोर गुप्ता ,मिथिलेश यादव ,सचितानन्द राय ,जनमत पाटिृका मनाेज यादव सहितकाहरुकाे उपस्थितिमा साे राहत वितरण गरेकाे छ । यसअघि पनि युवाहरुकाे पहलमा झण्डै १३ परिवारलाई राहत स्वरुप विभिन्न सामग्री वितरण गरेकाे थियाे ।
Sponsored