TodayPati

मधेश प्रदेश : करेन्ट लागेर ११ वर्षीय बालकको मृत्यु

टुडेपाटी-
वीरगञ्ज, असार २० गते ।

करेन्ट लागेर बारामा एक बालकको मृत्यु भएको छ ।

जिल्लाको परवानीपुर गाउँपालिका– ५ बहुअरीका उपेन्द्र प्रसाद पटेलको छोरा ११ वर्षीय प्रिन्स पटेलको मृत्यु भएको हो ।

Sponsored

घरमा जडान भएको मोटर चालउने क्रममा करेन्ट लागेर बालक घाइते भएका थिए ।

वीरगञ्जस्थित मेडिसिटी बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *