TodayPati

अर्थमन्त्रीमाथि लागेको आरोपमा सप्रमाण जवाफ नदिएपछि मधेश प्रदेशसभा बैठक अवरुद्ध

टुडेपाटी–
जनकपुरधाम, असार २० गते ।

मधेश प्रदेशको प्रदेशसभा बैठक बसेको एक घण्टा नबित्दै स्थगित भएको छ।

सोमबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीका सांसदले अर्थमन्त्री माथि लागेको आरोपको जवाफ सप्रमाण नआएको भन्दै बैठक अवरुद्ध गरेपछि बैठक आधा घण्टाका लागि स्थगित भएको हो।

Sponsored

केही दिनअघि स्थानीय एक पत्रिकाले अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले नियम कानुनविपरीत आफ्नो जिल्लामा रकम निकासा गरेको समाचार प्रकाशित गरेको थियो।

त्यसको मन्त्रालयले कुनै खण्डन नगरेको भन्दै लोसपाका सांसदहरूले मन्त्रीका जवाफ मागेका थिए। तर मन्त्रीले सप्रमाण जवाफ नदिएको भन्दै बैठकमा अवरोध गरेपछि सभामुख सरोज रायले बैठक स्थगित गरेका हुन्।

मन्त्री साहले सिँचाइ कार्यालय सप्तरीले भौतिक विकास मन्त्रालयलाई भनेपछि मन्त्रालयले जेठ १६ मा निर्णय गरेर पठाएपछि मात्र अर्थमन्त्रालयले बजेटको व्यवस्थापन गरेको जवाफ दिएका थिए।

Sponsored

मन्त्रीले सप्रमाण जवाफ दिनुपर्ने र यस विषयमा प्रश्न उठेकाले प्रदेशसभाबाट समिति बनाइ अनुगमन गरेर सभामा सबैलाई जानकारी गराउन समिति गठन गर्नुपर्ने माग राख्दै बैठक अवरुद्ध गरेपछि बैठक स्थगित भएको हो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *