जसपाका ३ नेता बने मन्त्री
टुडेपाटी–
काठमाडौं, असार २० गते ।
जनता समाजवादी पार्टी नेपालका तीनजना नेता मन्त्री बनेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेका हुन् । उनले सोमबार जसपाका तीन नेतालाई सहभागी गराएर मन्त्रिपरिषद पुनर्गठन गरेका हुन् ।
मृगेन्द्रकुमार सिंहलाई कृषि, मोहम्मद इस्तियाक राई भौतिक पूर्वाधार र प्रदीप यादवलाई वनमन्त्रीमा प्रधानमन्त्री देउवाले नियुक्त गरेका हुन् ।
जसपाले महिन्द्र राय यादव, रेणुकुमारी यादव र रामसहायप्रसाद यादवलाई फिर्ता बोलाएर नयाँ नेताहरुलाई मन्त्रिपरिषदमा पठाएको हो ।
नेकपा एकीकृत समाजवादीले पनि केही दिन अघि मन्त्री हेरफेर गरेको थियो ।
Sponsored