TodayPati

मधेश प्रदेश : मोटरसाइकलको ठक्करबाट १० वर्षीय बालकको मृत्यु

टुडेपाटी–
सर्लाही, असार १९ गते ।

सर्लाहीमा मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

सर्लाहीको रामनगर गाउँपालिका–७, गैरिया टोलमा शनिबार साँझ मोटरसाइकलको ठक्करबाट सोही स्थानका सुरेन्द्र साहका छोरा १० वर्षीय निखिल साहको मृत्यु भएको प्रहरीले जनाएका छन् ।

Sponsored

बीआर ३० एस ८५६७ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका निखिलको उपचारका क्रममा न्यूरो अस्पताल वीरगन्जमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

यता मोटरसाइकल र त्यसका चालकलाई प्रहरीको नियन्त्रणमा रहेको तथा यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *