गुडिरहेको रेलमा लाग्यो आगो
एजेन्सी–
पटना, असार १९ गते ।
आइतबार बिहान भारतको बिहारमा गुडिरहेको एउटा रेलमा आगो लागेको छ।
नेपालको सीमार्वती बजार रक्सौलबाट नर्कतियागन्ज गइरहेको डिएमयू रेलको इन्जिनमा आगो लागेको भारतीय सञ्चारमाध्यमहरूले जनाएको छ ।
भेल्वा नजिकै पुगेका बेला इन्जिनमा लागेको आगो अन्य डिब्बाहरूमा भने फैलिन नपाएको र सबै यात्रुलाई सुरक्षित बाहिर निकालिएको समाचार एजेन्सी एएनआईले उल्लेख गरेको छ।
रेलको इन्जिनमा कसिरी आगो कसरी लाग्यो यसको कारण अहिले खुल्न सकेको छैन् ।
Sponsored