TodayPati

लक्ष्मीनारायण मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गरिने

टुडेपाटी-
सप्तरी, असार १९ गते ।

सप्तरीको बलान बिहुल गाउँपालिकामा रहेको २५० वर्षभन्दा बढी पुरानो लक्ष्मीनारायण मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने मधेशी आयोगका अध्यक्ष डा. विजय कुमार दत्तले प्रतिबद्धता व्यक्त गरेका छन् ।

मधेशका जिल्लाहरुको अनुगमनको क्रममा अध्यक्ष दत्तले बलान बिहुल गाउँपालिकाको मौवाहा गाउँमा पूर्वउपराष्ट्रपति परमानन्द झासहित मन्दिर व्यवस्थापन कार्यसमितिका पदाधिकारीहरुसँगको भेटमा सो प्रतिबद्धता व्यक्त गरेको उनको सचिवालयले जनाएको छ ।

Sponsored

मन्दिरलाई व्यवस्थापन तथा सौन्दर्यकरण गर्न पनि आयोगले मुख्य भूमिका खेल्ने उनले बताए ।

सो मन्दिर व्यवस्थापनको लागि आफूले एक चरणको काम गरिसकेको र बाँकी काम पनि यथाशीघ्र गर्ने उनले बताएका थिए ।

अध्यक्ष दत्त स्थानीयवासीसँग भेट गरी समस्याको जानकारी लिने र समाधानको पहल गर्ने उद्देश्यले मधेश प्रदेशका ग्रामीण भेगहरुको भ्रमणमा रहेको उनको सचिवालयले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *