बटेश्वर गाउँपालिका-१ मा लवकुश प्रतिष्ठानद्वारा खाद्यान्न सामाग्री वितरण
टुडेपाटी-
बटेश्वर, वैशाख ५ गते ।
धनुषाको बटेश्वर गाउँपालिका -१ चित्रपुरमा राहत वितरण गरिएको छ । लवकुश बिकास प्रतिष्ठानको आयोजनामा ४० घरपरिवारलाई राहत सामाग्री प्रदान गरिएको हो ।
बटेश्वर गाउँपालिका -१ निवासी स्वर्गीय रामबिलास महतोको स्मरणमा उहाँको धर्मपत्नी सुगिया देविले कोरोना भाइरस (कोभिड -१९) को कारण लकडाउनमा परेर समस्यामा परेका वडा न. १ का अपांग , बिधवा , गरिव, विपन्न ४० घरपरिवारलाई राहत प्रदान गर्नुभएको लवकुश बिकास प्रतिष्ठानका अध्यक्ष कर्मबिर महतोले जानकारी दिनुभयो ।
अध्यक्ष महतोका अनुसार राहतमा ५ किलो चामल, १ किलो दाल, १ किलो आलु, आधा किलो नुन , आधा लिटर खाने तेल, २ पिस सावुनलगायतको सामाग्री प्रदान गरिएको छ ।
राहत बितरण कार्यक्रममा प्रतिष्ठानका पदाधिकारी, दाता परिवार, सचारकर्मी, समाजसेवीलगायतको सहभागीता रहेको दाता परिवारका सदस्य रामउदगार महतोले बताउनुभयो ।
Sponsored