जनकपुरमा लकडाउन अवज्ञा गर्नेलाई प्रहरीले गरायो उठबस
टुडेपाटी-
जनकपुरधाम, वैशाख ५ गते ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण गत चैत ११ गतेदेखि सरकारले देश नै लकडाउन गरेको छ । सोही लकडाउन उल्लंघन गरेर घरबाहिर निस्किने ब्यक्तिहरुलाई जनकपुरमा प्रहरीले सडकमै उठबस गराउन थालेको छ ।
शुक्रबारबाट लकडाउनमा थप कडाइ गरेको भन्दै प्रहरीले अत्यावश्यक कामबाहेक घरबाहिर निस्किेको भेटे कारबाही स्वरुप कान समातेर उठबस गराउन थालेको हो ।
पछिल्लो दुईदिन लकडाउन उल्लंघनका घटनाहरु बढ्दा आलोचना हुनथालेपछि प्रहरीले शुक्रबाबाट लकडाउनमा कडाइ गरेको प्रहरीले जनाएको छ ।
लकडाउनमा कडाइ भएपछि बिहान लाग्दै गरेको तरकारी बजारहरु समेत लागेको छैन् । त्यसैगरी पैदल आवतजावत गर्नेहरुका साथै सवारीसाधनहरु पनि सडकमा चल्न सकेको छैन ।
Sponsored