TodayPati

लकडाउनमा सरकारी मल महँगोमा बच्ने बाराका ब्यापारी साह पक्राउ

टुडेपाटी-

बारा, वैशाख ५ गते ।

बारामा लकडाउनको मौका छोपी सरकारी अनुदानमा खरिद गरिएको मल बढी मूल्यमा बेच्ने एक कृषि सहकारीका सञ्चालक पक्राउ परेका छन् ।

Sponsored

पक्राउ पर्नेमा बाराको कोल्हवी नगरपालिका १ कोल्हवी बजार बस्ने शम्भु साह छन् ।

साहले कृषि सामग्री कम्पनी लिमिटेड कलैया तथा साल्ट ट्रेडिङ्ग वीरगञ्जबाट ७ सयमा युरिया मल खरिद गरी ९ सयमा बिक्री गरेका थिए । बढी मूल्यमा मल बिक्री गरेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कोल्हवीबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो साहलाई पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले बताए ।

पक्राउ परेका साहलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको मिश्रको भनाइ छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *