TodayPati

चीनबाट अत्यावश्यक स्वास्थ्य सामाग्री लिएर काठमाडौं आइपुगे दुई वाइडबडी जहाज

टुडेपाटी-

काठमाडौं, वैशाख ५ गते ।

कोरोना महामारीको कारण चीनको ग्वाङ्जाओबाट नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का दुई वाइडबडी ए–३३० जहाज अत्यावश्यक स्वास्थ्य सामग्री लिएर काठमाडौं आइपुगेका छन् ।

Sponsored

व्यवसायीले चार्टर्ड गरेका निगमका दुवै जहाज स्वास्थ्य सामग्री लिन बिहीबार राति ग्वाङ्जाओ उडेका थिए ।

दुवै जहाज केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थलले जनाएको छ । के–कति परिणाममा सामग्री ल्याइयो भन्ने खुलेको छैन । अबको एक घण्टामा जहाजमा रहेका स्वास्थ्य सामग्री निकालिनेछ ।

चीनबाट स्वास्थ्य सामग्री ल्याउन दुई व्यावसायिक समूहले निगमका जहाज चार्टर्ड गरेका थिए । निगमका जहाजले यसअघि पनि चैत १६ र २० गते ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री ल्याएको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *