धनुषामा राजनिवास, कुरकुरे लगायतका लाखौंको सामग्री बरामद
टुडेपाटी-
जनकपुरधाम, असार ६ गते ।
धनुषा प्रहरीले भन्सार छली गरेर ल्याएको लाखौंको समान बरामद गरेको छ ।
आइतबार दिउँसो करिब ३ बजे ईलाका प्रहरी कार्यालय सवैलाबाट गस्तिमा खटेको प्रहरी टोलीले अढाई लाख बराबरको समान बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरीले सवैला नगरपालिका १० खरिहानीमा भारतबाट अवैध भन्सार चोरी निकासी गरि ल्याएका चिनी, खाने तेल, राजनिवास, कुरकुरे लगायतका २ लाख ५० हजार बराबरको किराना समानहरू वेवारिसे अवस्थामा बरामद गरिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए ।
बरामद गरिएको समान आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुरधाममा पठाईएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
Sponsored