सप्तरीमा करेन्ट लागेर एक महिलाको ज्यान गयो
शुभनारायण यादव-
सप्तरी, असार ६ गते ।
सप्तरीमा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ ।
सप्तरीको राजबिराज नगरपालिका ९ बिहारपुर बस्ने मो।रजौलका श्रीमती वर्ष ३०की रुमी खातुनको ज्यान गएको हो ।
आज दिउँसो आफनै घरको पानी धारामा मोटर चलाई लुगा धुने क्रममा करेन्ट लागेर उनी घाईते भएकी थिइन् ।
तत्काल उपचारको लागी गजेन्द्र नारायण सिहं अस्पताल राजबिराज पुर्याउदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
मृतकको शवको कानुन बमोजिम सम्पूर्ण प्रकृया पुरा गरी घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।
Sponsored