TodayPati

बढ्यो सार्वजनिक यातायातको भाडा

टुडेपाटी-
काठमाडौं, असार ६ गते ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै सार्वजनिक यातायातको भाडा बढेको छ ।

आइतबार पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएपछि सोमबार यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै अन्तरप्रदेश सञ्चालन हुने सार्वजनिक यातायातका यात्रुवाहक सवारी र मालवाहक सवारीको भाडा समायोजन गरिएको जनाएको हो ।

Sponsored

विभागले यात्रुवाहक सवारीको भाडामा ५.३० प्रतिशतले वृद्धि गरेको छ भने पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको ६.९४ प्रतिशतले र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको अधिकतम ७.७ प्रतिशतले भाडा वृद्धि गरिएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *