सुस्त मनस्थितिकी युवतीमाथि सामूहिक बलात्कार
टुडेपाटी–
काठमाडौँ, असार ४ गते ।
सुस्त मनस्थिति भएकी एक युवतीमाथि दाङमा सामूहिक बलात्कार भएको छ ।
तुलसीपुर उपमहानगरपालिका–५ की युवतीमाथि चार जना युवाले सामूहिक बलात्कार गरेको घटना बाहिरीएको हो ।
तुलसीपुर–९ दोघरेस्थित बिहीबार राति नयाँ बन्न लागेको एउटा घरमा युवतीमाथि बलात्कार भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।
प्रहरी उपरीक्षक काफ्लेका अनुसार घटनामा संलग्न भएको आरोपमा तुलसीपुर–५ का २४ वर्षीय शंकर विक र २३ वर्षीय कमल चौधरी पक्राउ परेका छन् । यस्तै अन्य दुई जना फरार छन् । उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाए ।
प्रहरीका अनुसार युवाको समूहले युवतीलाई फकाएर एकान्तमा लगेर सामूहिक बलात्कार गरेको हो । पीडितले घरमा गएर बताएपछि प्रहरीले शुक्रबारमात्र घटनाको बारेमा जानकारी पाएको थियो ।
Sponsored
पीडित युवतीको प्रादेशिक अस्पताल तुल्सीपुरमा उपचार भइरहेको छ भने यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।